‘म माथि लगाईएका सबै आरोप झुट्टा, निराधार र कपोकल्पित हुन्’ : प्रमुख जैसी ( खण्डनपत्र सहित)

No description available.
जाजरकोट । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख टिकाराम जैसीले नेकपा (विप्लव) निकट यूवा संगठनले लगाएको आरोप झुट्टा, निराधार र कपोकल्पित भएको बताएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी प्रमुख जैसीले संगठनले लगाएको आरोप झुट्टा, निराधार र कपोकल्पित भएको बताएका हुन् ।

जैसीले भने, ‘उहाँहरुले लगाएका सबै आरोपहरु झुट्टा, निराधार र कपोकल्पित छन्, यदि यसमा सत्यता भएँ, मेरो कमजोरीहरु भएँ, म सजाय भोग्न तयार छु ।’ सोमबार ५० लाख भन्दा बढी भ्रष्टाचार गरेको आरोपमा विप्लव नेकपा निकट युवा संगठन नेपालले कालो मोसो दल्नुको साथै जुत्ताको माला लगाएको थियो ।

आफु माथि भएको अभ्रद व्यवहार प्रति प्रमुख जैसीले आपत्ती प्रकट गरे । मलाई कारवाही गर्न उहाँहरुले लगाउनु भएका सबै आरोपहरु गलत भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख जैसीले बताए । ४–५ जनाको समुहमा आएको टीमले आफुलाई कार्यकक्षमै एक जनाले कालो मोसो दलेको, अर्कोले जुत्ताको माला लगाएको, अर्कोले मोवाईलबाट फोटो खिच्नुको साथै आफुलाई हातपातसंगै पिट्ने काम गरेको जैसीको भनाई रहेको छ ।

आफुलाई कारबाही गरिसकेपछि कार्यकक्षबाट बाहिर निक्लिएको समुहले कोठामै पर्चा छोडेको रहेछ जैसीले भने–‘त्यो पर्चा राम्रोसंग सबै पढे तर, उहाँहरुले लगाएका सबै आरोपहरु गलत छन, त्यसमा कुनै पनि सत्यता छैन ।’

एक जना राष्ट्रसेवक कर्मचारी कार्यालयमा काम गरी रहेको वेला कालोमोसो दल्नु कानुनी राज्यको ध्वजी उडाएको पत्रकारहरुले बताएका थिए । यदि गल्ती गरेकै भएपनि विभिन्न निकायमा उजुरी गर्ने, छानविन नगरी यसरी एक्कासी अभद्र व्यवहार गर्नु राम्रो नभएको पत्रकारहरुको भनाई थियो ।

खण्डन पत्र हेर्न तलकाे लिंकमा थिच्नुहाेस्

लगाएका अाराेपकाे खण्डन पत्र

तपाईको प्रतिक्रिया