राहत बोकेर डिएसपी थापा पुगे ६५ बर्षिय वृद्ध आमा भेट्न


जाजरकोट । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी मधु कुमार थापा राहत सहित ६५ बर्षिय वृद्धालाई भेट्न गएका छन् । भेरी नगरपालिका ३ पिपलडाँडामा बस्दै आएकी ६५ बर्षिय सुकिला राहलाई भेट्न डिएससी थापा खाद्यान्न सहित पुगेका हुन् ।

मंगलबार विहान हाम्रो पहुँच डटकममा ६५ बर्षिया वृद्धको रुवाउने कथा : ‘पाँच छाक भोकै बसे, खाने एक मुठी चामल छैन’ शीर्षकको समाचार प्रकाशित भएपछि थापा राहत लिएर वृद्ध आमालाई भेट्न पुगेका हुन् । थापा १ पिस चामल, चाउचाउ, तरकारी, केरा सहित वृद्ध आमालाई भेट्न पुगेका थिए ।

No description available.

खाद्यान्न अभावले पाँच छाक देखि भोकै बसेकी सुकिला राह निकै खुशी भएकी छन् । ‘तत्काल उहाँलाई खाना सहयोग पुग्ने खाद्यान्न दिएका छौं, उहाँको उद्धार गर्नुपर्छ, निकै दयनीय अवस्था छन् डिएसपी थापाले भने, उहाँलाई कतै वृद्धाआश्रम, तथा मानसेवा आश्रमको व्यवस्था गर्नुपर्छ ।’

‘उहाँको मानसिक अवस्था पनि कमजोर बन्दै गएको रहेछ, म सुरक्षा निकायको वैठकमा पनि कुरा उठाउँछु, उद्धारका लागि सबैले पहल थाल्नुपर्छ, थापाले थपे । विगत ३ बर्ष देखि त्रिपालमुनी बसिरहेको सुकिलालाई अहिले दिन कटाउन निकै समस्या परिरहेको छ । सबै सँग उनले सहयोगको याचन गरिरहेकी छन् ।

No description available.

यो पनि पढ्नुहोस् 

६५ बर्षिया वृद्धको रुवाउने कथा : ‘पाँच छाक भोकै बसे, खाने एक मुठी चामल छैन्’

तपाईको प्रतिक्रिया