बारेकोट । जिल्लाको बारेकोट गाउँपालिकामा माद्यामिक विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।
बारेकोट साहित्य कला केन्दको आयोजनामा मा.वि स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने कला केन्द्रका अध्यक्ष कालीप्रसाद थापाले जानकारी दिए ।
आगामी चैत्र ४ गते कालिका आर्दश माद्यामिक विद्यालय रामीडाँडामा मावि स्तरीय हाजिरीजवाफ प्रतियोगिता हुने थापाको भनाई छ ।
हाजिरीजवाफ प्रतियोगिताको प्रायोजन एस.एम.एस. कम्प्यूटर ईन्स्टिच्युट बारेकोट गाउँपालिका २ लिम्साका प्रोप्राईटर सुरेन्द्र पुन तथा मनिषा रानाले गरेका छन् ।
हाजिरीजवाफ प्रतियोगिताका विजेताहरुलाई आर्कषक पुरुस्कारको व्यवस्था गरिएको छ ।

















































। १ चैत्र २०७८, मंगलवार