मेयर महताराद्धारा टिकाचौर जजाया सडकको उद्घाटन


जाजरकोट । छेडागाड नगरपालिका वडा नं ७ को टिकाचौर जजाया सडकको उद्घाटन भएको छ । नगर प्रमुख लालबहादुर महतारा र उपप्रमुख सरिता वलीले एक कार्यक्रमका बीच सोमबार टिकाचौर जजाया सडक निर्माणको उदघाटन गरेका हुन् ।

जजाया देखि टिकाचौर सम्म सडक निर्माणका लागि ५० लाख बिनियोजन भएको र छिट्टै टिकाचौर वडा कार्यालय सम्म सडक पुर्याउने नगर प्रमुख लालबहादुर महताराले बताए । शिक्षा, स्वास्थ, पर्यटन प्रबद्र्धनमा छेडागाडबासी आम समुदायका लागि पहुँच पुर्याउनु आफुहरुको जिम्मेवारी भएको उनको भनाई छ ।

भौगोलिक बिकटता र कठिन भुगोलका कारण ठूलो चुनौती भए पनि समयमै काम सम्पन्न हुने उपप्रमुख वलीले प्रतिबद्धता व्यक्त गरिन् । समृद्ध छेडागाड निर्माणको अभियानकै क्रममा छेडागाड नगरपालिका भित्र भौतिक पुर्वाधारका संरचना निर्माण गर्ने सवालमा सडकलाई प्राथमिकता दिइएको छ ।

तपाईको प्रतिक्रिया