स्थानीय तहको कार्यसम्पादन मुल्यांकन : जाजरकोटमा बारेकोट पहिलो, कुशे अन्तिम (पूर्ण विवरण)


जाजरकोट । जाजरकोटका सात स्थानीय तहमध्ये राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको मुल्याङ्कनमा सबैभन्दा धेरै अंक बारेकोट गाउँपालिकाले प्राप्त गरेको छ ।

आयोगले वित्तिय समानीकरणको अनुदान सिफारिसका लागि गरेको कार्यसम्पादन मुल्याङ्कनमा बारेकोटले ६६ दशमलव ४८ प्रतिशत अंक प्राप्त गरेको हो ।

आयोगका अनुसार जाजरकोटमा नलगाड नगरपालिकाले ५७ दशमलव ६७ अंक ल्याएर दोस्रो स्थान प्राप्त गरेको छ भने छेगाडाड नगरपालिकाले ५४ दशलमव ०३ प्रतिशत अंक प्राप्त गरेर तेस्रो स्थानमा आएको छ ।

यस्तै, जुनीचाँदे गाउँपालिकाले ४८ दशमलव ४३, भेरी नगरपालिकाले ४६ दशमलव ८८, शिवालय गाउँपालिकाले ४५ दशमलव ४८ र कुशे गाउँपालिकाले ४४ दशलमव २९ प्रतिशत अंक प्राप्त गरेका छन् ।

आयोगका अनुसार समयमै बजेट पेश गरे÷नगरेको, असार मासन्तभित्र बजेट पास गरे÷नगरेको, राजस्व बाँडफाँट गरे÷नगरेको, आगामी आर्थिक वर्षको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे÷नगरेको,आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आर्थिक वर्षको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे÷नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्या लगायत शिर्षकका कार्यसम्पादन मूल्यांकन गर्न स्थानीय तहका लागि १७ सूचक तय गरिएको थियो ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका उपसचिव एवम् सूचना अधिकारी लक्ष्मीप्रसाद रेग्मीका अनुसार संघीय संचित कोषबाट स्थानीय सरकारलाई प्रदान गरिने समानीकरण अनुदान सिफारिसका लागि कार्य सम्पादन मूल्यांकन गरिएको हो ।

विवरण हेर्न यहाँ खिच्नुहाेस् ः

स्थानीय_तह1

तपाईको प्रतिक्रिया