
युक्रेनको दुई मुख्य सहरमा अस्थायी संघर्षविराम घोषणा भएको छ । स्थानीय समयअनुसार १० बजेदेखि मारियुपोल र भोल्नोभाखमा अस्थायी संघर्षविराम गरी मानवीय सहायता सामग्रीका लागि मस्कोको बाटो खुला गरेको रुसले जनाएको छ । यसअघि मारियापुलका मेयरले सर्वसाधारणलाई सुरक्षित स्थानमा जानदिइनु पर्ने बताउनुभएको थियो ।
दुई शहरमा संघर्षविरामको घोषणा गरिएको भनिएपनि युक्रेनका विभिन्न सहरमा भने युद्ध जारी रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् । खार्किभमा बिस्फोट भइरहेका छन् ।
भोल्नो भाखमा पनि भीषण युद्ध भइरहेको बीबीसीले जनाएको छ । यसैबीच संघर्षविराम घोषणा गरिएको भएपनि मारियुपोलबाट सर्वसाधरणलाई निस्कने प्रक्रिया स्थगित गरिएको मारियुपोलको सिटी काउन्सीललाई उदृत गर्दै बीबीसीले जनाएको छ । काउन्सीलका अनुसार रुसी पक्षले संघर्ष विराम पालना नगरेको दाबी गरेको छ ।
















































। २१ फाल्गुन २०७८, शनिबार