कविताः ए ! नेतागणहरु हो

किन राष्ट्रवादको नाउँमा खोक्रो बनाइ देशलाई संकट पारिरहेका छौ ?
के पुगेको छैन तिमीहरुलाई ?
भनःभनः हामी जनताहरु सामु भन,
चुप लागेर इनामको भागेदार नसम्झ
प्रस्फुटित भएर भन् ।

तिमीहरुलाई कुर्सीमा बस्न पाए सबथोक पुग्छ भने
कृपया हामीलाई भन्देउ कि
देश र जनताको माया छैन भनेर ।
अनि हामी स्वयं सक्रिय भएर देशको रक्षा गर्न लाग्नेछौँ ।
आफ्नो आँट र साहसले खामेसम्म इतिहास ब्युँझाउन जाग्ने छौँ।

कति मौनतामा जालसाँज गरिरहन्छौ ?
के तिमीहरुलाई याद छैन ?
हाम्रा पुर्खाले रगतका खोला बगाएर बलिदान दिई योगदान गरेको,
तिमीहरुको आचरणले बोलीरहेछ कि,
इतिहासका गौरवपुर्ण ती पानाहरु पल्टाएर पढेका रहेनछौ ।
परिणाम, इतिहास ब्युँझाउनुको सट्टा मेटाउन खोजिरहेछौ ।

आफ्नो स्वार्थ सिद्ध भयो भनेर होला
केही समस्या आइपर्दा गुहार्ने तिमीहरु
अहिले भने देश र हामीप्रती कुनै चासो छैन ।
र त केवल आफ्नै लागि मलजल गरिरहेछौ ।
तर यति नर्विस कि बाली फक्रीन नपाउँदै
एकदिन अवश्य बर्खाको भेलले बगाएर लाग्नेछ भनेर

तपाईको प्रतिक्रिया