कुशेमा नमस्ते फोरजी सेवा सुरु


जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको छ । विहीबार देखि ढिमेमा बनेको टावर सञ्चालन आए संगै नमस्ते मोबाइल फोरजी सेवा सुरु भएको हो । बर्षाैं देखिको कुशेबासीको फोन गर्ने सपना पुरा भएको भन्दै स्थानीयबासी निकै खुशी भएका छन् ।

गाउँपालिका भन्दा बाहिर रहेका आफन्तहरुलाई फोन गर्नका लागि अग्लो डाँडा धाउनुपर्ने, रुख चढ्नुपर्ने लगायतका समस्याले स्थानीय हैरान भएका थिए । नमस्ते मोबाइल नेटवर्क सञ्चालन भएपछि स्थानीय हर्षित बनेका छन् । केही बर्ष पहिले स्काई फोन सेवाले काम गरेको थियो । स्काई फोन सेवा बन्द भएपछि कुशेवासी सञ्चारविहीन बनेका थिए ।

नमस्ते मोवाइल सेवा सूचारु भएपछि आफन्तलाई फोन गर्न सजिलो भएको भन्दै स्थानीय हर्षित बनेका छन् । बुधबार भुरमा बनेको टावर सञ्चालन आयो, त्यसपछि अछार्नी अनि सिमा चल्छ, विहीबार ढिमेमा चल्यो नेपाल टेलिकम शाखा कार्यालय जाजरकोटका प्रमख गोपेन्द्र अधिकारीले भने, ‘अव विस्तारै सबै ठाउँमा बनेका टावरहरु सञ्चालनमा आउन थालेका छन् ।’

तपाईको प्रतिक्रिया