
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न दलका नेता कार्यकर्ताहरुले विभिन्न पदहरुमा आफनो आकांक्षा देखाउने क्रम सुरु भएको छ । यसै क्रममा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेकपा समाजवादीका नेताहरुले सुरुमा स्थानीय तहको चुनावका लागि आफनो आकांक्षा देखाएका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको भेरी नगरपालिकाको प्रमुख अर्थात मेयर पदका लागि नेपाली काँग्रेसका विभिन्न ६ नेताहरु, माओवादी केन्द्रका ४ नेताहरु, नेकपा एमालेका ५ नेताहरु र नेकपा समाजवादीका एक नेताले आफनो आकांक्षा देखाएका छन् । उनीहरुले विभिन्न कारण सहित आफुहरुले मेयर पदमा आफनो आकांक्षा देखाएको वताएका छन् ।
पार्टीले विस्वास गरेर टिकट दिएमा आफुहरु चुनावी मैदानमा उत्रिन तयार रहेको उनीहरुको भनाइ छ । भेरी नगरपालिकाको मेयर पदमा आकांक्षा राख्नेहरु मध्यका एक हुन जनक केसी ।
नेपाली काँग्रेसको तर्फवाट भेरी नगरपालिकाको मेयर पदमा आफनो आकांक्षा राखेका केसी को हुन त ?
असल नेताले आउने चुनावको भन्दा आउने पुस्ताको चिन्ता गर्नु पर्छ भन्ने धारणा राख्ने केसी नेपाली काँग्रेसको तर्फवाट भेरी नगरपालिकाको मेयर पदका शसक्त दावेदार हुन् । भेरी नगरपालिका वडा नम्वर ३ स्याँला निवासी केसी नगरपालिका भित्र मात्र नभइ पुरै जिल्लाका युवा तथा सर्वसाधारण नागरिकहरुले रुचाएका युवा नेता मध्य पर्छन् ।
सामाजिक अभियान, परोपकार, जिल्लाको वारेमा खोज अनुसन्धानका काम तथा सँस्थागत नेतृत्वका क्षेत्रमा प्रभावशाली तथा सक्षम नेतृत्वसीप भएका केसी राजनीतिमा युवाहरुले सामान्ती र पुरानै पाराले राजनीति गर्न नहुने वताउछन् ।
लामो समय देखि राजनीतिमा गहिरो रुचिका साथ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सक्रिय केसी जनतालाइ नेता प्रति सकरात्मक भरोसा जगाउने शैलीका साथ युवा नेताहरुले काम गर्नु पर्ने धारणा राख्छन् । २०५३ साल भदौ १३ गते नेपाल विद्यार्थी संघको सदस्यता लिएर नेपाली काँग्रेसको राजनीतिमा आवद्ध भएका केसी काँग्रेस जाजरकोटको वौद्धिक, जुझारु र सक्रिय युवा नेता हुन् । त्रिभुवन विश्व विद्यालय किर्तिपुरवाट अंगे्रजी विषयमा स्नात्तकोत्तर गरेका केसी डेढ दशक देखि समाज सेवाको क्षेत्रमा समेत सक्रिय छन् ।
सानै उमेर देखि राजनीतिमा रुचि राख्न सुरु गरेका केसी गत २५ वर्ष देखि नै निरन्तर रुपमा काँग्रेस र यसका भातृ तथा शुभेच्छुक संगठनहरुका विभिन्न भुमिका, जिम्मेवारी र कामहरुमा सक्रिय छन् । पैसा र चाकरीमा विस्वास गर्ने नेता कार्यकर्ताका कारण राजनीति विकृत हुदै गएको केसी वताउछन् । सुरुमा प्रत्यक्ष, विचमा अप्रत्यक्ष र अहिले प्रत्यक्ष रुपमा काँग्रेसको राजनीतिमा सक्रिय केसीले विभिन्न सामाजिक , राजनैतिक तथा प्राज्ञिक सँस्थाहरुको सफल नेतृत्वको अनुभव संगालेका छन् । जुन राजनीति र नेतृत्वले जनतालाइ न्याय र आउने पुस्तालाइ भरोसाा दिन सक्दैन त्यो राजनीति राजनीति नभएर व्यापार भएको केसीको भनाइ छ ।
सुरुमा केसी २०५३ सालमा नेपाल विद्यार्थी संघको त्रिभुवन माध्यमिक विद्यालय खलंगाको इकाइ समितिको सदस्य भए । यस्तै २०५४ सालमा सोहि समितिको अध्यक्ष, २०५५ सालमा नेविसंघकै क्षेत्र नम्वर १ क्षेत्रिय समितिको सदस्य , २०५६ सालमा नेविसंघ जिल्ला समितिको सदस्य र २०५९ सालमा नेविसंघकै जिल्ला कार्य समितिको उपाध्यक्ष भएका केसी २०६२ फागुन २२ गते सम्पन्न भेरी ज्ञानोदय क्याम्पसको स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुका उम्मेदवारलाइ हराउदै नेविसंघको तर्फवाट सभापति पदमा निर्वाचित भएका थिए ।
यस्तै केसीले २०६१ सालमा काँग्रेस निकट पत्रकारहरुको सँस्था नेपाल प्रेस युनियनको सँस्थापक सदस्य, सोहि वर्ष जिल्लाका पत्रकार तथा वौद्धिक व्यक्तिहरुको सक्रियतामा स्थापित विकास पत्रकार समुह जाजरकोटको सचिव, २०६२ सालमै मानवअधिकार तथा शान्ति समाज जाजरकोटको सभापतिको जिम्मेवारी लिएर सफलतापुर्वक कार्यकाल पुरा गरेका थिए ।
समय र जिम्मेवारीलाइ सधै दिल दिमागमा राखेर इमान्दारीताका साथ काम गर्नु पर्छ भन्ने केसीले २०६२मा नेपाली काँग्रेसको क्रियाशील सदस्यता समेत प्राप्त गरेका थिए । विद्रोहि स्वभावका केसीले २०५९ असोज १८ गते र २०६१ माघ १९ गतेको तत्कालीन राजा ज्ञानेन्द्रको कु पछिको निरंकुश शासनका विरुद्ध खुलेर विभिन्न आन्दोलनहरुमा सक्रिय सहभागिता जनाए ।
नेविसंघ र नेपाली काँग्रेस तथा अन्य नागरिक संगठनहरुको आव्हानमा हुने सवै प्रकारका निरंकुशता विरोधी आन्दोलनहरुमा कुनै पनि चुनौतिहरुको परवाह नगरि सक्रियता पुर्वक सहभागिता जनाएका केसीलाइ त्यति वेलाको स्थानीय प्रशासनले कारवाहिको निसाना वनाएको थियो ।द्धन्दकाल र राजाको शासनका वेला देखि नै मानव अधिकार, शान्ति, लोकतन्त्र र जनअधिकारका पक्षमा लिखित तथा मौखिक रुपमा वकालत गरिरहने केसी एक निडर र सक्षम युवा नेताको रुपमा जिल्लामा परिचित हुदै आएका छन् ।
दुखीको सेवा र आपतमा परेकाहरुलाइ न्यायपुर्ण सहयोग गर्नु नै सत्य धर्म हो यसलाइ राजनीति गर्नेहरुले सधैं सम्झनु पर्छ भन्ने केसीको सोच रहेको छ । २०७० फागुनमा प्रेस युनियनको जिल्ला अध्यक्ष र सोहि वर्षको फागुन २७ गते प्रेस युनियनको तर्फवाट नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको जिल्ला अध्यक्ष भएका केसीले पत्रकारीता मार्फत धेरै सामाजिक कल्याण र हितका साथै जिल्लाको विकास र समृद्धिमा सहयोग पुग्ने धेरै कामहरु पनि गरेका छन् । जनताको लागि राजनीति गर्छु भन्नेहरुले आउने चुनावको होइन आउने पुस्ताको लागि चिन्ता गर्नु पर्ने केसीको भनाइ छ ।
पत्रकारीता, सामाजिक सेवा, शिक्षण, साहित्य र जाजरकोटको ऐतिहासिक खोज अनुसन्धानका कामहरुमा दुइ दशक देखि क्रियाशील केसी काँग्रेसको राजनीतिमा पुर्णकालीन नेता कार्यकर्ताको जस्तै गरि समर्पित भएर लागि परेका छन् । गत मंसिर ६ गते सम्पन्न काँग्रेस जाजरकोटको जिल्ला अधिवेशनवाट जिल्ला सदस्य पदमा निर्वाचित भएका केसी प्रभावशाली युवा जिल्ला सदस्य हुन् ।विभिन्न सामाजिक संघ सँस्थाहरुमा प्राप्त गरेको अनुभव, राजनीतिमा देखाएको गहिरो रुचि तथा सक्रियता र जिम्मेवारी वोध सहित केसी जनताले आसा गरेको नेता हुन् ।
गत २५ वर्ष देखि नै निरन्तर रुपमा विभिन्न राजनैतिक तथा सामाजिक तथा प्राज्ञिक भुमिका, जिम्मेवारी र कामले काँग्रेसको राजनीतिमा प्रत्यक्ष र अप्रत्यक्ष दुवै रुपले केसी सक्रिय छन् । गरिव तथा विपन्न विद्यार्थीहरुका लागि पढाइ सहयोग जुटाइदिने, दलित विपन्न जनताहरुका लागि खाना तथा अन्य सहयोग जुटाइदिने, समस्यामा परेका विपन्न जनता दुख निवारणको लागि सहयोग जुटाइदिने तथा जिल्लाको कला, सँस्कृति इतिहास र परम्पराको संरक्षणका लागि व्यक्तिगत तथा समन्वयात्मक रुपले सहयोग जुटाइदिने कामा निकै सक्रिय केसीलाइ पछिल्लो समय सम्भावना भएको लोकप्रिय नेताको रुपमा हेर्न थालिएको छ ।
नेतृत्वले चाहेमा जनताको सपना र आसा अनुसारका सवै कामहरु सफलतापुर्वक गर्न सकिने केसीको भनाइ छ । भेरी नगरपालिका जिल्लाका सवै पालिका मध्य वढी सम्भावना र अवसरहरु भएको नगरपालिका भएको हुनाले नेतृत्वमा इमान्दारीता, इच्छा शक्ति र दुरदृष्टि भएमा ५ वर्षमै धेरै कुरामा सुधार र परिवर्तन ल्याउन सकिने केसीको भनाइ छ ।जनताले नेतृत्व निर्माणका लागि गरेको त्याग र वलिदानीपुर्ण आत्मसम्मानलाइ भरोसायोग्य नेतृत्वसीपले जोगाउन सकिने केसीको भनाइ छ ।
जिल्लाका विभिन्न गाउँहरुमा केहि वर्ष अघि गएका पहिरो पिडित जनतालाइ खाद्य सामाग्रीहरु लगाएतको सहयोग, २०७२ सालमा फैलिएको स्वाइन फुलुवाट मृत्यु भएका परिवारलाइ नगद राहत सहयोग,कोरोना भाइरसका कारण विपतमा परेका दुइ सय वढी विपन्न परिवारलाइ खाद्य, तथा स्वास्थ्य सहयोग संकलन, तथा जिल्लाका विभिन्न स्वास्थ्य सँस्था र निकायहरुलाइ कोरोना विरुद्धको लडाइमा सहयोग संकलन जुटाउन समन्वयात्मक रुपले सकिय योगदान गरेका केसीले जिल्लाका विभिन्न विद्यार्थीहरुलाइ पढाइ सहयोगका लागि छात्रवृत्ति दिलाउने, शैक्षिक सामाग्री दिलाउने, पढाइका लागि आर्थिक सहयोग जुटाउने समेतका कामहरु गरेर जनताको मन जित्ने कार्यहरु गरेका छन् ।
निस्वार्थ रुपमा जनता र देशप्रति समर्पित नेतृत्वलाइ जनताले पनि खुला मनले सहयोग गर्नु पर्छ भन्ने सोच वोकेका केसी पैसा वाँडेर र अमुक नेताको आर्शिवाद लिएर अवसर प्राप्त गर्नु जनता र समाजका लागि घातक भएको वताउछन् । पर्यटन, सन्चार, यातायात, कृषि उत्पादन, खनिज तथा जडीवुटीको आवस्यक प्रशोधन, वहुमुल्य खानीहरुको पहिचान तथा उत्खनन मार्फत रोजगारी सिर्जना, गरिवी निवारण र विकासमा अग्रगामी कदम वढाउन सकिने प्रचुर सम्भावना शसक्त रुपले पकड्दै भेरी नगरपालिकालाइ औधोगिक तथा व्यापारिक विकास मार्फत जुम्ला, डोल्पा र रुकुमको मुख्य व्यापारिक केन्द्रको रुपमा विकास गर्न सकिने प्रशस्तै सम्भावित अवसरहरुलाइ तर्कपुर्ण र न्यायपुर्ण ढंगले उपयोग गर्न आफुसंग आवस्यक दुरदृष्टि सहितको योजना भएको केसी वताउछन् ।
यस्तै नगरको मुख्य ताकत युवा शक्तिलाइ सहि रुपमा परिचालन, वालवालिकाहरुलाइ उपयुक्त एवम स्वस्थ शैक्षिक वातावरण निर्माण, जेष्ठ नागरिकहरुलाइ उपयुक्त सुरक्षा र सम्मानको व्यवस्था, भेरी नगरमा स्वस्थ नागरिकको जन्म गराउन गर्भवती तथा सुत्केरी आमाहरुको उचित स्याहार र सुरक्षा, अति विपन्न नागरिकहरुको निशुल्क औषधी उपचारको व्यवस्था सहित सुन्दर भेरी नगर निर्माणको वैज्ञानिक मार्गचित्र मार्फत सुशासनयुक्त स्थानीय सरकारका लागि जनमैत्री अभियानको सक्षम नेतृत्व गर्न आफुले मेयर पदमा आकांक्षा देखाएको केसीको भनाइ छ ।
















































। ८ फाल्गुन २०७८, आईतवार