
जाजरकोट । नेकपा एकीकृत समाजवादीको शिवालय गाउँ कमिटी गठन भएको छ । आज ( विहीबार) सम्पन्न पालिका स्तरिय अगुवा कार्यकर्ता भेलाले गोपाल नेपालीको अध्यक्षतामा गाउँ कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा धनसिंह नेपाली, सचिवमा गोपाल शाही, र उपसचिवमा निर्मला खत्री चयन भएको पार्टी शिवालय गाउँपालिका इन्चार्ज डम्बर सिंहले जानकारी दिए ।
इन्चार्ज सिंहको अध्यक्षतामा सम्पन्न भेलामा पार्टी केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर विसीको प्रमुख अतिथ्यता रहेको थियो ।
नव गठित कमिटीको पहिलो बैठकले पार्टीको संगठित सदस्यता वितरण तथा अद्यावधिक गर्न तथा संगठन विस्तारका लागि अभियान संचालन गर्ने समेत निणर्य गरेको इन्चार्ज सिंहको भनाई छ ।
















































। ५ फाल्गुन २०७८, बिहीबार