
खलंगा । नेपाल बन्दको प्रभाव जाजरकोटमा देखिएको छ । विहानै देखि जिल्ला भित्र र बाहिर जाने यातायात सेवा बन्द रहेका छन् भने शैक्षिक संस्था पनि बन्द छन् । एमसीसीको विरोधमा ६ वटा राजनीतिक दलले गरेको बन्दका कारण यातायात सेवा र शिक्षण संस्था प्रभावित भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार बुधबार (आज) बिहानैदेखि लामो दुुरीका सवारी साधन चल्न नसकेको जनाएको छ । जाजरकोटबाट नेपालगञ्ज सुर्खेत, काठमाण्डौ लगायत जाने गाडी पुर्ण रुपमा बन्द भएका हुन् । यस्तै बन्दका कारण शिक्षण संस्था र बजार समेत खुल्न सकेका छैनन् । विद्यालयहरुमा बिहानी कक्षा सन्चालन नभएपछि विद्यार्थीहरु घर फर्किएका छन् ।
एमसीसीको विरोधमा बुधबार विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), वैज्ञानिक समाजवादी पार्टी लगायतका ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेका छन् ।
बन्दको पूर्वसन्ध्यामा गृह मन्त्रालयले कानुन विपरीतका गतिविधि हुन नदिन सबै सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाउन निर्देशन दिएको थियो ।
















































। ४ फाल्गुन २०७८, बुधबार