
जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) ले जाजरकोटका सात वटै पालिकामा विभिन्न कार्यक्रमको आयोजना गरी जनयूद्ध दिवस मनाएको छ ।

दिवसको पूर्व सन्ध्यामा दिपप्रज्वलन, संयूक्त मसाल जुलुस, जनयूद्धको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरी २७ औं जनयूद्ध दिवस मनाईएको नेकपा ( विप्लव) भेरी नगर कमिटी ईन्चार्ज हिमालले जानकारी दिए ।

भेरी नगर कमिटीको आयोजनामा सहिद पार्क रिम्नामा सयौंको उपस्थितीमा नगर कमिटीले जनयूद्ध दिवस विशेष कार्यक्रमको आयोजना गरेको थियो भने अन्य पालिका कमिटीहरुले पालिकाहरुमा विभिन्न कार्यक्रमको आयोजना गरी जनयूद्ध दिवस मनाएका थिए ।

रिम्नामा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज संगमले भने, जाजरकोटी भुमी बाट महान जनयूद्धमा सहादत गर्ने साढे तीन सय सहिदहरुलाई सम्झदै सहिदहरुको अपुरो सपनालाई एकीकृत जनक्रान्तिको माध्यम बाट पूरा गर्ने प्रतिवद्धता जाहेर गर्दै एमसीसी पास गर्ने दलालहरुका विरुद्ध डटेर लड्नुपर्ने बताए । सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एक ठाउँमा उभिएर विरोध गर्न आग्रह समेत गरे ।
























































। २ फाल्गुन २०७८, सोमबार