
पछिल्लो २४ घण्टामा देशभरबाट ५२१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ११५ परीक्षणमा ५ सय २१ ज्नामा कोरोना देखिएको हो । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घटेको छ ।
जाँच गर्ने क्रम पनि केही घटेकाले सङ्क्रमणदर पनि घटेको हो । २४ घण्टामा देशभरबाट १० सङ्क्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ । आजसम्म सक्रीय सङ्क्रमितको संख्या २२ हजार ५८४ रहेको छ । आज ५६ हजार १२ जनाले खोप लगाएका छन् ।
















































। १ फाल्गुन २०७८, आईतवार