कुशेमा नमस्ते मोबाइल सेवा सुरु, स्थानीय हर्षित


नविन कुमार सिंह
जाजरकोट । जिल्लाको कुशे गाउँपालिकामा नेपाल टेलिकमको नमस्ते मोबाइल सेवा सुरु भएको छ । विहीबार देखि खुर्पामा बनेको टावर सञ्चालन आए संगै नमस्ते मोबाइल सेवा सुरु भएको हो । बर्षाैं देखिको कुशेबासीको फोन गर्ने सपना पुरा भएको भन्दै स्थानीयबासी निकै खुशी भएका छन् ।

गाउँपालिका भन्दा बाहिर रहेका आफन्तहरुलाई फोन गर्नका लागि अग्लो डाँडा धाउनुपर्ने, रुख चढ्नुपर्ने लगायतका समस्याले स्थानीय हैरान भएका थिए ।

नमस्ते मोबाइल नेटवर्क सञ्चालन भएपछि स्थानीय हर्षित बनेका छन् । केही बर्ष पहिले स्काई फोन सेवाले काम गरेको थियो ।

स्काई फोन सेवा बन्द भएपछि कुशेवासी सञ्चारविहीन बनेका थिए । नमस्ते मोवाइल सेवा सूचारु भएपछि आफन्तलाई फोन गर्न सजिलो भएको स्थानीय बलबहादुर विकले बताए । गाउँमा नमस्ते फोरजी सेवाले काम गरेको छैन् ।

तपाईको प्रतिक्रिया