
फाईल तस्विर
खलंगा । जिल्लाको छेडागाड नगरपालिका ९ पजारुमा रहेको वागेश्वरी माद्यामिक विद्यालयमा विज्ञापन खोलेको दुई बर्ष पुग्नै लाग्दा समेत शिक्षक नियूक्त गरिएको छैन् ।
विद्यालयले २०७७ साल जेठ २ गते माद्यामिक तह ( ११–१२) नेपाली विषय शिक्षकका लागि विज्ञापन खोलेको थियो ।
विद्यालयको विज्ञापन अनुसार ५ जनाले आवेदन दिएका थिए । एक जनाले शिक्षक सेवा आयोगमा नाम निकालेपछि अहिले चार जनाले आवेदन दिईरहेका छन् ।
विज्ञापन खालेको लामो समय सम्म शिक्षक नियूक्ति नगर्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भईरहेको छ ।
विद्यालय व्यवस्थापन समिती र विद्यालय प्रधानध्यापकको लाप्रवाहीले परीक्षा हुन नसकेको अभिभावकहरुको भनाई छ । आफन्तहरुलाई नियूक्त गर्न एकथरीले परीक्षा नगर्ने र अर्काे थरीले परीक्षा गर्नुपर्छ भनेपछि एक बर्ष सम्म शिक्षक नियूक्त नभएको एक स्रोतले जानकारी दिएको छ ।
विद्यालयका प्रधानध्यापक गोरख बुढाले आफुले शिक्षक नियूक्तिका लागि विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा शाखालाई परीक्षाको लागि जानकारी गराएको बताए ।
उनले भने, ‘मैले पटकपटक जानकारी गराउँदै आएको छु, तर कसैले पनि नसुन्दा समस्या भएको हो, तपाईले फोन गर्नुभन्दा पहिले नगर शिक्षा शाखा बाट फोन आएको थियो, परीक्षा भोली गर्नुपर्छ भनेर , परीक्षा भोली हुन्छ ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन अधिकारीले परीक्षाको मिति भोली तोकिएको बताए । उनले भने, ‘परीक्षाको मिति भोली तोकिएको छ, विविध कारणले अहिले परीक्षा हुन सकेन्, भोली परीक्षा हुन्छ ।’
यता नेकपा विप्लव निकट शिक्षक संगठन अखिल नेपाल शिक्षक संगठन जाजरकोटले विद्यालयले तत्काल परीक्षा गरी शिक्षक नियूक्त गर्न आग्रह गरेको छ ।
एक विज्ञप्ती जारी गर्दै विज्ञापन गरेको लामो समय सम्म शिक्षक नियूक्त गर्न नसक्नु निकै गैर जिम्मेवार पन भएको समेत बताएको छ । संगठनका अध्यक्ष रुद्रराज वली द्धारा हस्ताक्षर गरिएको विज्ञप्तीमा व्यक्तिगत स्वार्थ भन्दा माथी रहेर विद्यार्थीलाई केन्द्रबिन्दुमा राखेर यथासिघ्र निष्पक्ष, पारदर्शी तरिकाले शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढाई तोकिएको समयमा परीक्षा गराउन माग गरिएको छ ।
















































। २३ माघ २०७८, आईतवार