
प्रेम गरी वा उसले नाटक गरी अचम्म लाग्छ
किन गर्छु भनेर तड्पी बेस्सरी अचम्म लाग्छ ।
हिजो म बिना मर्छु बाँच्न सक्दिन भन्ने तिमी
आज अर्कै सङ्ग बाँचौ कसरी अचम्म लाग्छ ।
प्यास मेटाउन गुड छोडी तिर्खाकी भोकि चरी
चारो पाउदिन कि कतै बिचरी अचम्म लाग्छ ।
प्रायः भन्ने गर्छ्न पटक पटक मरेर बाँचेको छु
कसरी बाँच्दा रहिछन मरि मरि अचम्म लाग्छ
सुरुवात तिम्ले गरौ सम्बन्ध अन्त्य तिम्ले गरौ
ब्यर्थैमा म सम्झिन्छु घरीघरी अचम्म लाग्छ ।
रातारात दुनियाँ सङ्ग दौड्ने धोखेबाज तिमी
पर्खिन्छु वचन दियौ जुनिभरी अचम्म लाग्छ ।
















































। २२ माघ २०७८, शनिबार