
खलंगा । यूवा उद्यमी मिलन परियार सम्मानित भएका छन् । सहिद स्मृति यूवा क्लवले सहिद सप्ताहको अवसर पारी परियारलाई सम्मान गरेको हो ।
सिलाई व्यवसायमा निरन्तर रहेर एक सफल उद्यमी बनेको र समाज रुपान्तरणमा अमुल्य योगदान पुर्याएको भन्दै सम्मान गरिएको सहिद स्मृति यूवा क्लवका अध्यक्ष प्रेम विश्वकर्माले जानकारी दिए ।

सम्पूर्ण यूवाहरुको प्रेरणा बनेको र अझ अरु यूवाहरुलाई जागरुक बनाउन उत्साह मिल्ने समेत विश्वास लिएको विश्वकर्माले विश्वास व्यक्त गरे ।

मिलन सहिद परिवारको प्रतिनिधी हुन् । सम्मान कार्यक्रममा वडा नं १ का वडाध्यक्ष दीपक राना, भेरी नगर कार्यपालिका सदस्य विरबहादुर वादी सहित अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
















































। २२ माघ २०७८, शनिबार