आज देशभरबाट ७ हजार ५ सय ५५ जना कोरोना सङ्क्रमित स्वस्थ भए 


आज देशभर ७ हजार ५ सय ५५ जना कोरोना सङ्क्रमित स्वस्थ भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ६३७ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो सातादेखि नेपालमा कोरोना सङ्क्रमित हुनेको तुलनामा निको हुनेको सङ्ख्या बढिरहेको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार आज ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

हाल देशभरमा ६९ हजार २९१ सक्रिय सङ्क्रमित छन् । मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राका अनुसार आज कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ ।

पछिल्ला केही दिन यता कोरोना सङ्क्रमित हुनेको सङ्ख्या केही घटेको जस्तो देखिएपनि जनस्वास्थ्यका मापदण्ड पालना गर्न नछोड्न डाक्टरहरूले सुझाब दिएका छन् ।

तपाईको प्रतिक्रिया