
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ५८३ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ।मन्त्रालयका अनुसार आज ९ जनाको ज्यान गएको छ। ८ हजार २६७ जना डिस्चार्ज भएका छन्।
















































। १८ माघ २०७८, मंगलवार