
चिसोबाट जोगिन ‘हिटर,कोइला बाली कोठा तातो बनाउने’ कार्यले ज्यान नै जान थालेपछि प्रहरीले त्यसबाट बच्ने उपाए अपनाउन अपिल गरेको छ ।
महानगरीय प्रहरी परिसरले विभिन्न सात वटा सावधानी अपनाए जनधनको क्षति रोकिन सक्ने भन्दै आम सर्वसाधारणलाई सावधानी अपनाउन अपिल गरेको हो।
यस्ता छन् जोगिने उपाए
– आफू बाहिर निस्किँदा कहिले पनि बन्द कोठामा हिटर अन गर्ने।
– ढोका÷झ्यालका चरहरूमा बोरा, कपडा राखी हिटर लगायतका विद्युतीय उपकरणहरु नबाल्ने।
– चुलो, मकल, फलामको चुलो, कराईमा दाउरा÷कोइला बाली रातभर कोठाभित्र नराख्ने।
– झ्याल÷ढोका बन्द गरी ग्यास गिजरको प्रयोग नगर्ने।
– विद्युतीय उपकरणहरूका स्वीच, मल्टिप्लगहरूलाई काम सकिएपछि बन्द गर्ने।
– ग्यासको सिलिण्डरलाई कोठाभन्दा बाहिर राखी काम सकिएपछि बन्द गर्ने।
– चुलो, मकल, फलामको चुलो, हिटर नजिक छिटो जल्ने खालका कुनै पनि सामग्री नराख्ने। कागज, ब्ल्याङ्केट, कपडा, दाउरालगायत सामग्री हिटरभन्दा टाढा राख्ने।
















































। १८ माघ २०७८, मंगलवार