
आगामी स्थानीय तहको निर्वाचनमा बारेकोट गाउँपालिकाको अध्यक्षमा यूवा नेता एवं समाजसेवी धनबहादुर नेपालीले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । हाम्रो पहुँच डटकम संग कुराकानी गर्दै नेपालीले बारेकोटी जनताले जिम्मेवारी दिएको खण्डमा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।
उनले भने, ‘अवको स्थानीय सरकारमा बारेकोटी जनताले मलाई जिम्मेवारी दिएमा म तयार रहनेछु, बारेकोटी जनताको मुहारमा खुशी र समृद्ध बारेकोट बनाउन मेरो मुख्य भुमिका रहनेछ ।’ कुनै पनि पार्टीले भिजन सहितका यूवाहरुलाई टिकट नदिएमा आफुले स्वतन्त्र उम्मेदवारी दिने बताए ।
बारेकोट जनताको मुहारमा खुशी र समृद्ध बारेकोट बनाउन
१. बारेकोटी जनताले उच्च शिक्षा हासिल गर्न क्याम्पस सञ्चालन गर्ने ।
२. नेपाल सरकारको नीति अनुसार एक स्थानीय तह एक प्राविधिक शिक्षालय सञ्चालनमा ल्याउने ।
३. बारेकोटमा रहेको फलाम खानी सञ्चालनका लागि संघीय सरकार सहकार्य गर्ने ।
४. बारेकोटमा पाईने बहुमुल्य जडीबुटीहरुको बारेकोट मै प्रशोधन केन्द्र संचालन गर्नुपर्ने ।
५. संसारको दुर्लभ वन्यजन्तु रेडपाण्डको केन्द्र बनाउने र पर्यटन आकर्षणको केन्द्र बारेकोटलाई बनाउने ।
६ जाजरकोट जिल्लाको उपत्यकाको रुपमा रहेको इतिहास मगर बस्ति सिल्पाचौरमा होमस्टे संचालन ल्याउने ।
७ सुविधा सम्पन्न अस्पताल एम्बुलेन्स सेवा संचालन गर्ने
८ . बारेकोटमा रहेका बिद्युतहरुलाई एकै ठाउँमा जोडेर संचालनमा ल्याउने ।
९. बारेकोटमा जुता,सावन,चप्पल,दालमोट ,पानी उद्योगहरु संचालन गरेर जनतालाई रोजगारीको वातावरण सिर्जना गर्ने ।
१०. बारेकोट गाउँपालिका बाट बिदेश गएर फर्केका युवाहरुलाई विदेशमा सिकेको सीप अनुसारको रोजगारी दिने ।
११.पढाइपछि अनिवार्य गाउँपालिकामा सेवा गर्ने सर्तमा प्रत्येक बर्ष दुई जना डाक्टर दुई जना इन्जिनियर गापा ले निःशुल्क पढाउने र स्नातकोत्तर ,एल.एलवी , पत्रकारिता, लोकसेवा पढ्ने विद्यार्थीको लागि विशेष छात्रवृत्ति दिने, प्रत्येक विद्यालयमा इ– लाईव्रेरीको व्यवस्था गर्ने ।
१३. श्रम सहकारी निर्माण गरी विकास निर्माण गर्ने उपभोक्ता समितिबाट हुने भ्रष्टाचार लाई रोक्ने ।
१४. किसानहरुको लागि विशेष कार्यक्रमहरु संचालन गर्ने र कृषकहरुले उत्पादनमा गरेका वस्तुको गापाले बजारीकरण गरिदिने ।
१५. बारेकोट गाउँपालिका शैक्षिक बिरोजगारहरुलाई ज्ञान,सीप क्षमात अनुसारको विशेष कार्यक्रम संञ्चालन गर्ने ।
१६. जातिय छुवाछूत भेदभाव अन्त्यको विशेष अभियान संचालन गर्ने
१७. एफ.एम रेडियो संचालन गर्ने ।
१८. विभिन्न किसिमका खेलकुद खेल्नको लागि सुविधा सम्पन्न कर्वडहल निर्माण गर्ने ।
१९. एक वडा एक उत्पादनमा कार्यक्रम संचालन गर्ने
२०. दलित,एकल महिला अपांग सिमान्तकृत समुदायलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने ।
२१. बारेकोटका विभिन्न पर्यटकीय स्थानहरुको प्रचारप्रसार गरी पर्यटन आकर्षण गर्ने ।
















































। १८ माघ २०७८, मंगलवार