
उत्पादन भएको अदुवा देखाउँदै किसान तस्विर
जाजरकोट । जिल्लाको भेरी नगरपालिका ११ कार्कीगाउँका रामबहादुर कार्की परम्परागत कृषि खेती छोडेर अदुवा खेती तिर लागे । अहिले उनको खेतवारीमा अदुवाका मात्रै बोट भेटिन्छन् । परम्परागत खेती प्रणाली छोडेर अदुवा खेतीमा लागेका कार्की अदुवाले बजार नपाउने चिन्ता गरिरहेका छन् ।
‘उत्पादन राम्रै भएको छ, यसलाई बजारमा विकाउन पाएँ एकदम राम्रो हुने थियो, हामीलाई चिन्ता भनेको बजारको हो, कसरी बजारमा पठाउने होला ?’ उनले भने, ‘पहिले राम्रै कमाई हुने गहुँ जौ बाली छाडेर अदुवा खेतीमा लागियो, अहिले त निकै समस्या भईरहेको कसरी बेच्नेहोला ?’ उनी जस्तै भेरी नगरपालिका १० महतगाउँका मनवीर बुढाले पनि अदुवा खेती गरिरहेका छन् ।
एक संस्थाले शुरुमा अदुवाका लागि बजारको व्यवस्था गरिदिन्छौ भनेपछि बुढाले धेरै जमिनमा अदुवा खेती गरे । अदुवा खेती अपेक्षा गरेको भन्दा निकै फस्टायो । तर अहिले उनलाई अदुवा कहाँ लिएर बेच्ने भन्ने चिन्ताले सताईरहेको छ । न शुरुमा उनले आशा देखाउने संस्था आएर अदुवा लिएको छ न जिल्लामा अदुवाको लागि राम्रो बजार छ । उत्पादन भएको अदुवा कुहिएर खेर जाने हाकी भन्ने पीडामा बुढा छन् ।
उनले भने, ‘अदुवा धेरै उत्पादन भएको छ, सुरुमा एक संस्थाले अदुवा हामी बेचिदिन्छौ भनेर भनेको थियो, अहिले संस्था पनि आएको छैन्, गाउँभरी अदुवा छ कसरी बेच्ने होला ।’ भेरी नगरपालिका ११ कार्कीगाउँका तिलक कार्कीको पनि खेतभरी अदुवा छ । जमिन बाट अदुवा निकाल्ने समय भईसकेको छ ।
तर कहाँ लिएर बेच्ने भन्ने फिक्स भएको छैन् । आफुले उत्पादन गरेको अदुवा कहाँ दिएर बेच्ने भन्ने चिन्तामा छन् । उनले भने, ‘गाउँका सबै किसानहरुले अदुवा खेती लगाए, अहिले सम्म बजारको व्यवस्था भएको छैन् कहाँ लिएर बेच्ने होला ?’ उनीहरु जिल्ला केही उदाहरण पात्र मात्र हुन् । पहाडी साना किसानका लागि अनुकुलन ( आशा) परियोजनाको सहयोगमा स्थानीय उपभोक्ता समुह मार्फत गरिएको अदुवा खेती फस्टाएको छ ।
जिल्लामा बर्षेनी गहुँ जौंको मात्र खेती पाति गर्ने किसानहरुले अदुवा खेती गर्न शुरु गरेका छन् । तर अदुवाले बजार नपाउने भन्दै किसान चिन्तामा परेका छन् । जिल्लाका भेरी नगरपालिका, कुशे गाउँपालिका र छेडागाड नगरपालिका भित्रका अदुवा खेती गरिरहेका किसानमा बजारकै पिर छ । परियोजनाले प्रति घरधुरी ८० केजीको दरले विउ वितरण गरेको थियो ।
सिमी वेसार सहित सल्यान कपुरकोट १ र २ जातको अदुवा वितरण गरेको थियो । अदुवालाई वातावरण भएका कारण जाजरकोटमा फस्टाएको कृषि प्राविधिकहरु बताउँछन् । उत्पादन राम्रो भएपनि उचित बजारको व्यवस्था नुहँदा किसान चिन्तामा परेको उनीहरु बताउँछन् ।
स्याला, झ्रापा, महतगाउँ, जगतिपुर, कार्कीगाउँ, वडावन लगायतका किसानहरु अदुवालाई कहाँ लिएर बेच्ने भन्ने चिन्तामा देखिन्छन् । किसान चिन्तित भएपनि स्थानीय सरकारहरुले खासै चासो नदिएको स्थानीय वुद्धिजिवीहरुको भनाई छ ।
किसानको अदुवालाई बजार व्यवस्थापनका लागि स्थानीय सरकार मौन देखिन्छन् । यता पहाडी साना किसानका लागि अनुकुलन (आशा) परियोजनाका जिल्ला संयोजक शुशिल पोखरेलले बजारका लागि सबै सरोकारवालाहरुले पहल थाल्नुपर्ने बताए । उनले भने, ‘हामीले किसानलाई उत्पादन गर्न सिकायौं, अव स्थानीय जनप्रतिनिधी लगायत अन्य सरोकारवालाहरुले पहल थालि सहयोग गर्नुपर्छ ।’
परियोजनाले किसानले कुनै किसिमको आशा देखाएको छैन्, सरोकारवालाहरु विचको सहकार्यमा बजार खोज्नुपर्ने उनले बताए । ‘ट्रक ल्याएर लिन सक्ने उत्पादन भएको छैन्, समान्य व्यापारीले किनदैन्, अहिले किसानलाई बजारको समस्या सिर्जना भएको छ’ उनले थपे । परियोजनाले अर्काे बर्ष बाट बजारको पनि व्यवस्था गर्ने सम्भावना भएको पोखरेलले बताए ।
















































। १८ माघ २०७८, मंगलवार