यस्तो छ भीम रावलले एमसीसीबारे लेखेको स्मृतिपत्रमा (पत्रसहित)

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता भीम रावलले नेपालजस्तो मुलुक स्वतन्त्र परराष्ट्र नीतिमार्फत हिँड्नुपर्ने बताएका छन्। सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर एमसीसीबारे आफ्नो धारणा व्यक्त गर्दै डा. रावलले प्रतिनिधिसभामा पेश भएपछि मात्र एमसीसीबारे आफूले थाहा पाएको दावी गरे।

नेपालमा संविधानसभाबाट संविधान निर्माणको काम भइरहेका बेला डा. बावुराम भट्टराईको बेलामा एमसीसी भित्र्याइएको दाबी गरे। एमसीसी जस्ताको जस्तै पास गरे राष्ट्रघाती काम ठहरिने नेता रावलले बताए। उनले एमसीसीबारे प्रधानमन्त्री, सभामुख, दलका नेता र सांसदहरुलाई स्मृतिपत्र समेत लेखेका छन् ।

उनले आफूले एमसीसीको बारेमा थाहा पाएदेखि नै आवाज उठाएको स्पष्ट पारे। एमसीसीको बारेमा आफू यसअघि मन्त्रिपरिषद्मा हुँदा जानकारी नगराईएको पनि स्पष्ट पारे।

उनले भने,’जुन दिन थाहा पाएँ, मैले गहन अध्ययन गरेर बोलेको छु। हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुँगो लगाउन व्यस्त थियौं, बाबुरामले गोप्य रुपमा एमसीसी सम्झौता गर्नुभएको हो। अहिले त्यही भएर छिटो पास गराउनुपर्छ भनेर कराउनुभएको छ। बास्तवमा एमसीसीको बारेमा प्रतिनिधिसभामा पेश भएपछिमात्रै मैले थाहा पाएको हुँ ।’

उनले एमसीसीको बारेमा आज प्रधानमन्त्री, सभामुख, दलका नेताहरु, राष्ट्रियसभाका अध्यक्ष र सांसदहरुलाई लेखेको स्मृतिपत्र आफ्नो व्यक्तिगत धारणा भएको पनि उनले स्पष्ट पारेका छन्।

https://docs.google.com/viewerng/viewer?url=https://lokpati.com/wp-content/uploads/2022/01/Open-memorandum-to-PM-Leaders-and-MPs-78-10-15.pdf&hl=en

तपाईको प्रतिक्रिया