
नेपालमा ११ वर्षमा ३५ हजार भन्दा बढी कुष्ठरोगका बिरामी थपिएका छन् । सन् २०१० मा नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरिएको भएपनि त्यसयता ३५ हजार बिरामी थपिएका स्वास्थ्य सेवा विभाग अन्तर्गत अपाङ्ग तथा कुष्ठरोग नियन्त्रण केन्द्रका प्रमुख डा. रविन्द्र बाँस्कोटाले बताउनुभयो उहाँका अनुसार प्रत्येक वर्ष ३ हजार ३५ सयको दरले कुष्ठरोगका बिरामी थपिएका छन् ।
आर्थिक वर्ष २०७७÷७८ मा मात्रै २१ सय ७३ जना नयाँ बिरामी थपिएका छन् । सङ्क्रमितमध्ये ३७ प्रतिशत महिला रहेका र १५ वर्षमुनिका १०१ जना बालबालिका रहेका उहाँले बताउनुभयो । झापा, मोरङ, धनुषा, पर्सा, बारा, रौतहट, कपिलवस्तु, रुपन्देही, बाँके, कैलाली गरेर ११ जिल्लामा सबैभन्दा बढी कुष्ठरोगका विरामी रहेका छन् ।
















































। १६ माघ २०७८, आईतवार