शिवालय गाउँपालिकामा जागिर खुल्यो

सेवा करारमा कर्मचारी पदपुर्ति सम्बन्धी सूचना
प्रथम पटक सूचना प्रकाशित भएको मिति : २०७८।१०।१४

शिवालय गाउँपालिकाको चालु आर्थिक बर्ष २०७८।०७९ को लागि बहु क्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयन गर्ने एक जना पोषण सहजकर्ता सेवा कारक मार्फत पदपुर्ति गर्नुपर्ने भएकोले यो सूचना प्रकाशित भएको मितिले ७ ( सात) दिन भित्र योग्य उम्मेदवारहरुले यस कार्यालयमा दरखास्त पेश गर्न हुन् सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

पद : पोषण सहजकर्ता
तह : सहायक चौथो
शैक्षिक योग्यता : मान्यता प्राप्त शैक्षिक संस्था बाट १० जोड २ उर्तिण गरेको । (सम्बन्धित क्षेत्रमा अनुभव भएका उम्मेदवारलाई विशेष गराइता दिईनेछ )
दरखास्त संगै पेश गर्नुपर्ने कागजजातहरु :
उम्मेदवारको व्यक्तिगत विवरण, शैक्षिक योग्यताको प्रमाण्ति प्रतिलिपी, नेपाली नागरिकताको प्रतिलिपी र सम्बन्धी क्षेत्रको कार्यअनुभव सम्बन्धी प्रमाण पत्रको प्रतिलिपी ।
आवेदन दस्तुर : रु ५०० ।( शिवालय गाउँपालिकाको सिभिल वैक शाखा कार्यालय शिवालयमा रहेको आन्तरिक राजस्व खाता नं नम्बर ०७४१०२७८३३९०७५ मा जम्मा गरेको वैक भौचर वा कार्यालयमा नगदी बुझाएको रसिद पेश गर्नुपर्ने । )
दरखास्त दिने अन्तिम मिति : २०७८।१०।२०
दरखास्त दिने स्थान : शिवालय गाउँपालिकाको कार्यालय सिमा, जाजरकोट ।
परिक्षाको किसिम : लिखित तथा अन्तरर्वाता ( अन्तर्वाता सक्कल प्रमाण पत्र पेश गर्नुपर्नेछ ।
परिक्षा हुने मिति : अर्काे सूचना मार्फत जानकारी गराईनेछ ।
उम्मेदवार १८ बर्ष पुरा गरी ३५ बर्ष ननाघेको, महिलाको हकमा ४० बर्ष नपुगेको हुनुपर्छ ।
पारिश्रमिक तथा सेवा सूविधा : गाउँ कार्यपालिकाले तोके बमोजिम मासिक पारिश्रमिक तथा अन्य सेवा सुविधा

थप जानकारी लिनुपरेमा शिवालय गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।

No description available.

तपाईको प्रतिक्रिया