
चिठी पठाउँछु सहर पढी, मेरा कर्णालीमा
स्कूल जान्थे तुईन चढी, मेरा कर्णालीमा
सुन कन सिरानी हालि,नुनको भारी बोक्नु पर्ने
दुख पोल्छ आगो सरी, मेरा कर्णालीमा
हेलिकप्टर चढी आउँछ नेता, आश देखाऊन
फर्किन्छ ठुला भाषण गरी,मेरा कर्णालीमा
फोन लाग्दैन बत्ती छैन, टुकी बाल्छन् बाबा आमा
अँध्यारो रात सधैं भरी, मेरा कर्णालीमा
पल्ला घरे साईला काका,सिटामोल नपाई मरे अरे
को भनिदिन्छ कठैबरी, मेरा कर्णालीमा
छैन बाटो पुल पुलेसा, अस्पताल नि छैन
मर्यो साथी भेलमा परी , मेरा कर्णालीमा
















































। १५ माघ २०७८, शनिबार