प्रदेश अस्पतालमा आँखा रोगको उपचार हुने

प्रदेश अस्पतालमा आँखा रोगको उपचार हुने
सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा आँखा रोगको उपचार हुने भएको छ । अस्पतालले माघ १६ गते रदेखि आँखा रोग सम्बन्धी ओ.पि.डि. सेवा प्रदान गर्न लागेको हो ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काका अनुसार आइतबार विहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म आँखा रोग विशेषज्ञ डाक्टरहरुद्वारा आँखाको उपचार हुने छ ।

सरकारी स्वामित्वको अस्पतालबाट आँखा रोग सम्बन्धी सेवा प्रवाह गर्ने नेपालमै पहिलो अस्पतालको रुपमा सेवा प्रदान गर्न लागिएको डाक्टर खड्काले जानकारी दिए ।

तपाईको प्रतिक्रिया