
खलंगा । नेकपा (एकीकृत समाजवादी) निकट पेशागत महासंघ नेपाल, जाजरकोटको अध्यक्षमा माधव कुमार बुढा चयन भएका छन । महासंघको आज जिल्ला सदरमुकाम खलंगामा सम्पन्न पुनर्गठन भेलाले बुढाको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।
नेकपा पेशाकर्मीहरुको भेलाले महासंघको अमृता चन्द र सुरेन्द्र जैसी, सचिवमा विजय प्रकाश चन्द, सहसचिवमा सुरेश कुमार बुढा र कोषाध्यक्षमा बिरेन्द्र कुमार रानालाई चयन गरेको छ । त्यस्तै महासंघको सदस्यमा किरण प्रकाश चन्द, चाँगुनारायाण विष्ट, कविता जैसी, कृष्ण जंग शाह, दिपक राज बिटालु, कृष्ण प्रसाद शर्मा, टिका कुमारी बुढा, तिर्थराज शर्मा र मान बहादुर बुढा रहेका छन ।
पार्टीको महत्वपुर्ण संगठनका रुपमा रहेको महासंघमा निजामती कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मी र अन्य प्राधिकरणहरुका कार्यरत कर्मचारीहरु संगठित हुने छाता संगठन हो । भेलामा नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष कृष्ण बहादुर विसी, उपाध्यक्षहरु कमान खड्का र तप्त बहादुर हमाल, पार्टी प्रदेश तथा कमिटीका सदस्यहरु, जनवर्गिय संगठनका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले संगठन विस्तार कार्यलाई तिब्रता दिएको छ ।
















































। ८ माघ २०७८, शनिबार