
खलंगा । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपाल जाजरकोटको अध्यक्षमा पवन शर्मा सर्वसहमत चयन भएका छन् ।
आज (शनिवार) भएको संगठनको प्रथम जिल्ला भेला बाट शर्मा अध्यक्षमा चयन भएका हुन् । यस्तै उपाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ, कल्पना जैसी, सचिवमा शुसिल रावल, सह सचिव प्रेम वली, समावेशी सह सचिव शिवानी विक, कोषाध्यक्ष लक्ष्मी वली निर्विरोध चयन भएका छन् ।
यस्तै, सदस्यहरुमा चागुनारायण विष्ट, प्रेम आरसी, रोशन कार्की, दिपक खत्री, गणेश वली, दिपक केसी,प्रकाश रोकाय, कलि सिंह, सुमन चन्द, शसिला खड््का, प्रमोद चनारा, दिपेश सिंह, धर्मराज बोहोरा, मदन कुमार शाही, कविन्द्र जैसी, सन्देश रावल, दिपेन्द्र विक, दिपक रोकाय, यूवराज शर्मा, सिर्जना कुमारी सिंह सहित २७ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय सदस्य भरत कुमार शर्माले जानकारी दिए ।
















































। ८ माघ २०७८, शनिबार