काठमाडौं : सुनको भाउले बिहीबार फेरि नयाँ कीर्तिमान बनाएको छ। तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ नेपाली बजारमा अहिलेसम्मकै महँगो भएकाे हाे।
सुनकाे भाउ बिहीबार ताेलाकाे ८० हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन ८० हजार चार सयमा कारोबारमा भइरहेको छ।
बुधबार एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ८० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। चाँदीको भाउ भने घटबढ भएको छैन चाँदी बिहीबार पनि तोलाको आठ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।
















































। २२ फाल्गुन २०७६, बिहीबार