
खलंगा । जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले घरमै पुगेर नागरिकता वितरण गरेका छन् । भेरी नगरपालिका ४ बस्ने ७३ बर्षिया वृद्ध जसुदा नेपालीलाई घरमै पुगेर नागरिकता वितरण गरेका हुन् ।
शारीरिक रुपमा अपांग नेपाली जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पुगेर नागरिकता लिन नसक्ने भएपछि घरमै पुगेर नागरिकता वितरण गरिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
भेरी नगरपालिका ४ का वडाध्यक्ष खम्बजंग शाहको पहलमा घरमै पुगेर नागरिकता वितरण गर्दा नेपाली निकै खुशी भएकी छन् । शारिरिक रुपमा अपांग एवं वृद्धलाई घरमै पुगेर नागरिकता वितरण गर्दा नेपालीलाई राहत पुगेको छ ।
















































। ७ माघ २०७८, शुक्रबार