खलंगा । सदरमुकाम खलंगामा संचालित चार वटा मेडिकलको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत झलक केसीको संयोजगत्वमा सदरमुकाम खलंगाका चार वटा मेडिकलको अनुगमन गरिएको हो । दर्शन फार्मेसी गैरिखाली,भवानी प्योसेन गैरिखाली, रोकाय टुइन्स फार्मेसी ठांटी, रोयल फार्मेसी ठांटीको अनुगमन गरिएको प्रशासकीय अधिकृत केसीले बताए । अनुगमन गरिएको मेडिकलहरुमा सिटामोलको अभाव देखिएको केसीको भनाइ छ । चार वटा पसलमा ३ हजार ३ सय सिटामोल स्टक रहेको पाइएको छ । अनुगमन गरिएका मेडिकलहरुको समान्य अवस्था रहेको छ ।
सदरमुकामका चार वटा मेडिकलको अनुगमन
तपाईको प्रतिक्रिया
















































। ७ माघ २०७८, शुक्रबार