त्रिवि अन्तर्गतका सबै परीक्षा स्थगित


त्रिभुवन विश्वविद्यालयले कोरोना महामारीको जोखिमलाई ध्यानमा राखेर सबै परीक्षा स्थगित गरेको छ । त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको आज बसेको बैठकले माघ ९ गतेदेखि सञ्चालन भइरहेका र हुने तयारीमा रहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

त्रिविले वार्षिक प्रणाली तथा सेमेस्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको बताइएको छ ।

रोकिएका परीक्षा हुने बारे परीक्षा नियन्त्रण कार्यालयले अर्को निर्णय गर्ने जनाएको छ । भोलि र पर्सि हुने प्रवेश परीक्षा भने यथावत रहने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।

May be an image of text

तपाईको प्रतिक्रिया