चितवन । गैंडाको आक्रमणबाट चितवनमा दुई महिला घाइते भएका छन्। घाइते हुनेहरूमा भरतपुर महानगरपालिका वडा नम्बर २२ पटिहानीका बुदना महतो र धोधारी महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार आज दिउँसो साढे ३ बजे आफ्नै घरअगाडि घाम तापिरहेको अवस्थामा एक्कासी गैंडाले आक्रमण गरेको थियो ।
आक्रमणबाट घाइते भएका उनीहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
















































। ५ माघ २०७८, बुधबार