प्रतिनिधी सभाको बैठक माघ १६ सम्म स्थगित


प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ ३ गते भोली १ बजे बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते सम्मका लागि स्थगीत गरिएको हो ।

संघीय संसदका महासचिव भरतराज गौतमले आज सुचना जारी गर्दै कोभिड सङ्क्रमणको कारण भोलीका लागि बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको जानकारी गराउनुभएको छ ।

यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया