अखिल नेपाल शिक्षक संगठन जाजरकोटको अध्यक्षमा रुद्रबहादुर वली

No description available.
नेकपा ( विप्लव) निकट अखिल नेपाल शिक्षक संगठन जाजरकोटको अध्यक्षमा रुद्रबहादुर वली सर्वसहमत चयन भएका छन् । आज ( आईतबार) भेरी नगरपालिका १ रिम्नाको सहिद स्मृति भवनमा बसेको संगठनको दोस्रो भेला बाट वली अध्यक्षमा चयन भएका हुन् ।

यस्तै, संगठनको उपाध्यक्षमा शोभा अधिकारी, सचिव टेकबहादुर मल्ल, सह सचिवमा बेद बहादुर वली र कोषाध्यक्षमा चन्द्रा बोहरा ( वली ) चयन भएकी छन् । सदस्यहरुमा नि. वर्तमान, स्रोत व्यक्ति मणिराम पोख्रेल, रेशम सुनार, बिनोद सहनी सहित १५ सदस्सीय जिल्ला कमिटी निर्माण गरिएको छ ।

नव निर्वाचित अध्यक्ष वलीले मन्तव्य राख्दै आफुले पद नखोजेको र पदले आफुलाई खोजेको बताए । उनले भने, ‘मैले पद खोजेको होइन्, पदले मलाई खोजेको ठानेको छुु ।’ चुनौती र अवसर दुवै ठानेको समेत बताए ।

उनले थपे, ‘शैक्षिक समस्या र पेशागत हकहितको मुद्दाको सवालमा विगत देखि नेतृत्व गर्दै आएको गौरवशाली इतिहास बोकेको सबैको आशा भरोसाको केन्द्र बिन्दु अखिल नेपाल शिक्षक संगठनको नेतृत्व गर्ने जिम्मेवार आज मेरो काँधमा आएको छ ।’

आफ्नो क्षमताले भ्याएसम्म जाजरकोटको शैक्षिक रुपान्तरण र पेशागत हकहितको पक्षमा निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गरे । जाजरकोट जिल्लाका विद्यमान शैक्षिक बिकृति र बिसंगतिका बिरुद्द जुनसुकै स्तरको कदम चाल्न पछि नहट्ने उद्धोष गरे ।

भेलामा शुभकामना मन्तव्य दिदै प्रमुख अतिथि अच्युतप्रसाद शर्माले अखिल नेपाल शिक्षक संगठन जाजरकोटको इतिहास, शैक्षिक समस्या , चुनौती र भावी रणनीतिको विषयमा महत्वपुर्ण भनाइ राखेका थिए ।

अर्का केन्द्रीय सदस्य लक्ष्मण वलीले शैक्षिक विकृति विसंगतिका विरुद्ध कुनै सम्झौता नगरी अघि बढ्ने बताए ।

नवनिर्वाचित समितिलाई बधाई मन्तव्य राख्दै पार्टीका प्रतिनिधि हिमालले शैक्षिक विकृति विरुद्ध कठोर बन्न आग्रह गर्दै शैक्षिक रुपान्तरणको आन्दोलनलाई पार्टीको सहयोग समर्थन रहने कुरा स्पष्ट पारे । हिमाल र अखिल क्रान्तिकारिका केन्द्रीय सदस्य विराजन शाहीले सम्बोधन गरेका थिए ।

तपाईको प्रतिक्रिया