वैदेशिक रोजगारमा जानेहरुको लागि ‘सहायता कक्ष’


जाजरकोट । वैैदेशिक रोजगारमा जानेहरुको लागि जाजरकोटमा सहायता कक्ष स्थापना गरिएको । जाजरकोट जिल्लाबाट रोजगारीको शिलसिलामा विदेशीनेहरुले भोग्दै आएको समस्यालाई मध्यनजर गर्दै सुरक्षित तथा आप्रवासन सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।

सामाजिक विकास कार्यालय जाजरकोटको आर्थिक सहयोगमा जिल्ला प्रशासन कार्यालय जाजरकोटको परिसरमा उक्त सहायता कक्ष सञ्चालन गरिएको छ ।

रोजगारीका लागि विदेशीनेहरुलाई चेतना र सन्देश दिने उद्देश्यले उक्त सहायता कक्ष स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।

No description available.

उनले भने, ‘जिल्लामा वैदेशिक रोजगारीका पिडा खेपेका उदाहरणहरु धेरै छन्, यस्ता मुद्दाहरु समाधानमा टेवा पुग्ने हेतुले सहायता कक्ष स्थापना गरिएको हो ।’

वैदेशिक रोजगारमा जाने यूवा यूवतिहरुलाई सास्ती खेप्नु नपरोस भन्ने हेतुले उक्त हेल्प डेक्स सञ्चालनमा ल्याइएको देवकोटाले बताए । कुनै पनि नागरिक वैदेशिक रोजगारीमा जाँदा उनीहरुले भोग्नु परेको समस्यालाई मध्यनजर गरी यस्तो ब्यवस्था गरिएको देवकोटाले बताए ।

प्रशासनमा स्थापना भएको सुरक्षित सहायता कक्षले वैदेशिक रोजगारको लागि परामर्श दिने काम गर्नेछ । गैरकानुनी ढंगबाट वैदेशिक रोजगारीमा जानेहरुलाई समेत सचेत गराउने छ ।

पछिल्लो समयमा रोजगारीका लागी विदेश जानहरुको संख्या दिनप्रतिदिन बढ्दै गएका बेला जिल्लामा स्थापना भएको सहायता पक्षले पुलको भुमिका निर्वाह गर्ने विश्वास लिईएको छ ।

तपाईको प्रतिक्रिया