सुर्खेतकाे जीप दुर्घटनामा मृतक तीनजनाको सनाखत

सुर्खेत : जीप दुर्घटनमा मृत्यु हुनेको सनाखत भएको छ। कर्णाली प्रदेश ०२–००१ ज–०००७ नम्बरको जिप दर्घटनामा मृतक तीन जनाको सनाखत भएको छ। ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा चिङ्गाड गाउँपालिका ६ का अन्दाजी ५५ वर्षीय देवबहादुर खड्का, बाँकेको कोहलपुर नगरपालिका १५ का अन्दाजी ४२ वर्षीया खड्गबहादुर बुढाथोकी र उनकी श्रीमती अन्दाजी ४९ वर्षीया गोमा बुढाथोकी रहेका छन्। दुर्घटनाका घाइते चार जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

घाइते हुनेमा वीरेन्द्रनगर ६ की चन्द्राकुमारी गाहा, वीरेन्द्रनगर १६ की लक्ष्मी ज्ञवाली, चिंगाड ६ का नरे नेपाली र सोही गाउँपालिकाकी दुर्गा गाहा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। जिप सडकबाट झण्डै चारसय मिटर तल खसेको सुर्खेत जिल्ला प्रहरीका प्रवक्ता एवं डिएसपी रवि रावलले जनाए।

तपाईको प्रतिक्रिया