
खलंगा । कस्तुरीको बिना सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको नलगाड नगरपालिका वडा नं १० बस्ने ४५ बर्षिय डिल्लीबहादुर ध्यारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
वन्यजन्तु कस्तुरीको बिना साथमा लिई हिडिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षक अर्जुन सिंह साउदको कमाण्डमा खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको वडा ११ चौखा बजारमा फेला पारेको पारी शनिवार पक्राउ गरिएको थियो ।

उनलाई रितपुर्वक शरिर खानतलासी गर्दा हल्का गिलो कालो रंगको डल्लोको टुपोमा खैरो सेतो कपाल (रौ) भएको छाला सहित तौल गर्दा ३० ग्राम भएको बन्यजन्तु कस्तुरीको विना सहित पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ । आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय जाजरकोटमा पु¥याईको प्रहरीको भनाई छ ।
















































। २ माघ २०७८, आईतवार