
खलंगा । भूकम्पीय सचेतना, सुरक्षित संरचना’ भन्ने मूल नाराका साथ यस वर्षको राष्ट्रिय भूकम्प सुरक्षा दिवस जाजरकोटमा पनि मनाईएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटको आयोजनामा सरोकारवालाहरु वीच छलफल गरी उक्त दिवस मनाईएको हो ।
छलफल कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रतिनिधि, पत्रकार, कार्यालय प्रमुख, सुरक्षा निकायमा प्रमुख लगायतको उपस्थिति रहेको थियो ।
जाजरकोट सदरमुकाम खलंगामा बनेका संरचनाहरु भूकम्प प्रतिरोधी नभएको र जतिवेला पनि जोखिम मोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने सरोकारवालाहरुले चिन्ता व्यक्त गरे ।
प्राकृतिक विपदको उच्च जोखिममा रहेको जाजरकोटमा अव बन्ने संरचनाहरु भूकम्प प्रतिरोधी बनाउन आग्रह समेत गरेका छन् । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
२०५५ साल देखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
















































। २ माघ २०७८, आईतवार