
खलंगा । नेपाली काँग्रेस जाजरकोटका सचिव तेजविक्रम शाहले जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई २ हजार ५ सय थान मास्क हस्तान्तरण गरेका छन् ।
आज ( शुक्रबार) प्रशासन कार्यालयमा पुगि प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटालाई उक्त मास्क हस्तान्तरण गरेका हुन् । कोभिड १९ बाट बच्न जिल्ला भरी मास्कको अनिवार्य प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ ।
कोभिड १९ लाई लक्षित गरी २५ सय थान मास्क वितरण गरिएको शाहले जानकारी दिए । मास्क वितरण गर्ने शाहलाई प्रजिअ देवकोटाले धन्यवाद व्यक्त गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । शाह जिल्ला समन्वय समिति जाजरकोटका सदस्य समेत हुन् ।
यस्तै, जिल्ला प्रशासन कार्यालय जाजरकोटले सर्वसाधारणहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ ।
















































। ३० पुष २०७८, शुक्रबार