माघे संक्रान्तिसँगै चाकु व्यापारमा तीव्रता

काठमाडौं । माघे संक्रान्ति नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ ।

काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो।

माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवसायीहरू चाकु बनाउन व्यस्त छन् ।

चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए ।

उनले माघे संक्रान्ति नजिकिएकाले पनि धेरै मानिस चाकु किन्न आइरहेको जानकारी दिए ।

ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उनको भनाइ छ।

चाकु उत्पादक महर्जनले भने, ‘पहिलाको जति थियो अहिले पनि त्यत्ति नै मूल्यमा छ। भक्तपुर काठमाडौं सबैतिरबाट किन्न आएको छ। यो खाएपछि मान्छेहरूको ज्यान तात्ने, बलियो हुने हिसाबले चाकु खान्छ, गर्मीमा खाँदैन, वर्षामा खानु हुँदैन। त्यसैले गर्मीभन्दा जाडोमा धेरै बिक्री हुन्छ ।’

उत्पादक महर्जनले गर्मी महिनाभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकाले मागअनुसारको उत्पादन गर्न नसकेको बताए ।

तपाईको प्रतिक्रिया