
खलंगा । नेकपा (एमाले) जाजरकोटमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएको छ । सहमति बाट नेतृत्व चयन गर्न असफल भएपछि निर्वाचन मार्फत नेतृत्व चयन गर्न मतदान भएको हो ।
मतगणना भोली (मंगलबार) विहान गरिने निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा करवीर शाही, खीमबहादुर शाही, उपाध्यक्षमा गोपाल बटाला, नवराज सिंह, सचिवमा, वीरबहादुर गिरी, नरबहादुर खत्रीको उम्मेदवारी रहेको छ ।
यस्तै, उप सचिवमा नरबहादुर बस्नेत ( एन.बी), गोपालबहादुर नेपाली, रामबहादुर शाही, दयाराम न्यौपानेको उम्मेदवारी रहेको छ । मंगलबार विहान बाटै मत गणना गरिने निर्वाचन समितिले जनाएको छ । जिल्लाभरी बाट ४ सय ३७ प्रतिनिधीहरुले मतदान गरेका छन् ।
















































। २६ पुष २०७८, सोमबार