
बारेकोट । पुर्व प्राथमिक शिक्षा अर्थात बाल कक्षा संचालनका लागि नियुक्त गरिएका बालविकास सहजकर्ता (शिक्षक) हरुको हालको तलबभत्ता ६ हजार रुपैयाँ मात्र छ ।
कक्षा १ मा भर्ना हुनु पुर्व बालबालिकाको सर्वाङ्गिण विकास गराई औपचारिक शिक्षा लिनका लागि तयारी अवस्थामा राख्ने उद्देश्यले सरकारले विभिन्न सामुदायिक विद्यालयमा र समुदायमा बाल विकास सहयोगी कार्यकर्ता मार्फत बाल कक्षा संचालन गरिरहेको छ ।
ति सहजकर्ताले कतिपय विद्यालयमा अन्य कक्षाको पठनपाठनमा समेत सहयोग गरिरहेका छन् । बालबालिकाको शिक्षाको आधार खडा गराउने जिम्मा लिएका ति शिक्षकको पारिश्रमिकमा अन्याय हुँदै आएको आवाज उठ्दै आएको थियो ।
यही कुरालाई मध्यनगर गदै संघीय सरकारलको यस बर्षको निती तथा कार्यक्रममा बालविकास कक्षामा कार्यरत सहजकर्ताको मासिक तलब ६ हजारबाट १५ हजार बनाउने घोषणा गरेको छ । तर संघिय सरकारले दुई हजार मात्र तलब बढाएर अन्य सात हजार स्थानिय तहले ब्यहोर्ने जनाएको छ ।
सोही निर्णयलाई पालना गर्दै बारेकोट गाउँपालिकाको कार्यपालिका वैठकले १५ हजार दिने निर्णय गरेको गाउँपालिका उपाध्यक्ष ओमाकुमारी शाहीले जानकारी दिईन् ।
बारेकोट गाउँपालिकाले बालविकास शिक्षक र विद्यालय कर्मचारी लेखा सहायको तलव १५ पाउने व्यवस्था गरेको छ । संघीय सरकारले ८ हजार र स्थानीय सरकारले ७ हजार थपि उनीहरुको तलव सूविधा १५ हजार दिने निर्णय गरेको छ । सोही बमोजिम बारेकोट गाउँपालिका भित्रका बालविकास शिक्षक र कर्मचारीको तलव बढाईएको शाहीले हाम्रो पहुँचलाई जानकारी दिईन् ।
















































। २५ पुष २०७८, आईतवार