
खलंगा । नेकपा एमाले जाजरकोटको अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका छन् । वहालवाला पार्टी अध्यक्ष करवीर शाही, खीमबहादुर शाही र कालु हमालले उम्मेदवारी दर्ता गरेका हुन् ।
निर्वाचन समितिका संयोजक हेरम्बहादुर शाहका अनुसार तीन जनाले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका हुन् ।
यस्तै, उपाध्यक्षमा गोपाल बटाला, नवराज सिंह, रिमबहादुर हमालले उम्मेदवारी दर्ता गराएका छन् । सचिवमा वीरबहादुर गिरी र नरबहादुर खत्रीको उम्मेदवारी रहेको छ । उप सचिवमा गोपालबहादुर नेपाली, नरबहादुर बस्नेत,रामबहादुर शाही, दयाराम न्यौपानेले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।
सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा जानुपरेको एक नेताले बताए । यता अनेरास्ववियू र यूवा संघले सहमति मार्फत नेतृत्व चयन गर्न माग गर्दै नारा जुलुस गरिरहेको छ ।
















































। २५ पुष २०७८, आईतवार