टी–२० वरीयतामा सेफालीकाे छलाङ, १९ स्थानमाथि उक्लदै शीर्ष स्थानमा

unn.prixa.net

काठमाण्डाै – आईसीसी महिला टी–२० विश्व कपमा उत्कृष्ट प्रदर्शन गरिरहेकी सेफाली वर्मा महिलाको विश्व वरीयतामा करियरकै उच्च स्थानमा पुगेकी छिन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा सेफाली ब्याटिङतर्फ शीर्ष स्थानमा उक्लिएकी हुन् । सन् २०१९ मा दक्षिण अफ्रिकाविरुद्ध अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेकी सेफालीले सचिन तेन्दुलकरको कीर्तिमान तोडेकी थिइन् ।

उनी कम उमेरमा अर्धशतक बनाउने पहिलो भारतीय खेलाडी बनेकी थिइन् । वेस्ट इण्डिजविरुद्ध उनले ४९ बलमा ७३ रन बनाएकी थिइन् ।

नयाँ वरीयतामा सेफालीले १९ स्थान छलाङ मार्दै शीर्ष स्थानमा पुगेकी हुन् । १६ वर्षीया सेफालीले मात्र १८ टी–२० खेलेकी छिन् ।

वरीयताकाे दाेस्राे स्थानमा न्युजिल्याण्डकी सुजी बेट्स रहेकी छिन् भने तेस्राे स्थानमा अस्ट्रेलियाकी बेथ माेनी रहेकी छिन् ।

तपाईको प्रतिक्रिया