
गणेश रावत
जुम्ला । जुम्लामा दोस्रोपटक पनि हिमपात भएको छ । दोस्रो पटक हिमपात हुँदा जुम्लामा अत्याद्यिक चिसो बढेको छ । हिजो रातभरी भएको बर्षासंगै बिहान देखि जुम्लामा हिमपात भएको हो । यतिवेला जुम्लाका हिमाल डाँडाकाडा हिउँले सेताम्य भएका छन् । हिमपात हुँदा जिल्लाका धेरैजसो ठाउँमा चिसो बढाएको हाम्रा सहकर्मी दिपक विश्वकर्माले बताए ।

हिमपातका कारण अत्याद्यिक चिसो बढेपछि यहाँका जेष्ठ नागरिक ,बालबालिका लाई समस्य भएसंगै यहाँको जनजीवन कष्टकर भएको स्थानीय धुने रावतले बताए । उनकाले भने पहिलो हिमपात हुँदा जुम्ला प्रशासनले चिसोबाट बच्न चोकचोकमा दाउरा वितरण गरेको थियो ।
जाडोका कारण जनजीवन कष्टकर हुने हुँदा झोलिलो खानेकुरा खान, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरिएको जिल्ला प्रशासन कार्यलयले आग्रह गरेको छ ।

अहिले पनि हिमपात भइरहेको छ । जुम्लाका विद्यालय हिउँदे बिधामा छन् । हिउँदे बिधामा जुम्ला सदरमुकाम खलंगामा ट्युसन कक्षा सञ् चालनमा छन् । हिमपात हुँदा चिसोमा कम्दै पढ्न जाने गरेको विद्यार्थी बिकास रावतले बताए ।
उसैत हिउँदको समयमा जुम्लाका अत्यधिक चिसो हुन्थ्यो अहिले हिमपात हँुदा चिसो अत्याद्यिक बढेसंगै ट्युसन समेत जान नसकेको उनको भनाई रहेको छ।
















































। २२ पुष २०७८, बिहीबार