जाजरकाेटका विद्यालयमा आधुनिक भान्साघर बन्दै

Image result for विद्यालयमा भान्सा घर

                                             फाइल तस्वीर

जाजरकोट । जिल्लाका केही विद्यालयमा आधुनिक भान्साघर निर्माण हुने भएका छन् । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित विद्यालय खाजा कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न २० वटा विद्यालयमा आधुनिक भान्सा घर निर्माण हुने भएका हुन ।

दिवा खाजा कार्यक्रम सञ्चालित जिल्लाको नलगाड र छेडागाड नगरपालिका, कुशे, जुनिचाँदे र बारेकोट गाउँपालिकामा उक्त भान्साघर निर्माण हुने भएका हुन् ।

करीब २ करोड ५० लाखको लागतमा निर्माण हुने भान्साघर विशेष गरी दिवा खाजा कार्यक्रम सञ्चालित विद्यालयहरुमा व्यवस्थित भान्साघर निर्माण मार्फत सुरक्षित खाद्य भण्डारण तथा सरसफाइयुक्त वातावरण सिर्जना गरी पोषणयुक्त खाजा विद्यार्थीहरुलाई खुवाउन सहयोग पुगोस भन्ने उद्देश्यका साथ भान्सा निर्माण हुन लागेको जनाइएको छ ।

वि.स.२०५७ साल देखि यस जिल्लामा विद्यालय खाजा कार्यक्रम सञ्चालन भइरहेको छ । विश्व खाद्य कार्यक्रम र नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय बीचको सहकार्यमा सञ्चालित विद्यालय दिवा खाजा कार्यक्रम जिल्लाका २०२ आधारभूत विद्यालयहरुमा सञ्चालित छ ।

दिवा खाजा कार्यक्रम लागु भएका विद्यालयहरुमा विद्यालय सरसफाइ कार्यक्रम, प्रारम्भिक तह पढाई कार्यक्रम र डिजिटल साक्षरता कार्यक्रम पनि समावेश गरिएको छ ।

कुपोषणमा कमी ल्याई विद्यार्थी उपस्थिति दर र टिकाउ दरमा बृद्धि गरी गुणस्तरीय पठन पाठनमा सहयोग पुर्याउने उद्देश्य रहेको शिक्षाका लागि खाद्य कार्यक्रम इकाई जाजरकोटको प्रमूख क्रृषिराम विमलीले बताए ।

तपाईको प्रतिक्रिया