जाजरकोट । रमाइलो मेलाको खुल्ला पुरुष भलिवलको उपाधी मालिका कम्प्युटर ट्रेड लिकंले जितेको छ ।
आज भएको फाइनल खेलमा झररा युवा क्लवलाइ पछि पार्दै उपाधी उचालेको हो ।
सेमिफाइनलको पहिलो खेलमा मालिका कम्प्युटर टेड्र लिकंले नेपाल पुलिस क्लवलाइ हराएको थियो भने झर्रा युवा क्लव जुनीचांदेले नेपाल आर्मीलाई हराएको थियो ।
जिल्लामा अहिले सम्मको सर्वाधिक राशिको पुरुस्कार रहेको थियो । बिजेताले १ लाख ५५ हजार ५ सय ५५ पाउने छ भने उप विजताले ८५ हजार ५ सय ५५ पाउनेछ्न ।
















































। १७ पुष २०७८, शनिबार