प्राविधिक शिक्षालय कर्णालीकै मेरुदण्ड : मन्त्री भण्डारी

जुम्ला : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले कर्णाली प्राविधिक शिक्षालय कर्णाली प्रदेशकै समृद्धिको मूलआधार भएको बताएका छन्।

कर्णाली प्राविधिक शिक्षालयको अवस्था बुझ्न जुम्ला पुगेका मन्त्री भण्डारीले यस्तो बता्एका हुन्। मन्त्री भण्डारीले भने यस प्राविधिक शिक्षालय उत्पादन गरेको जनशक्तिले विभिन्न ठाउँमा सेवा दिएको पाइन्छ। मन्त्री भण्डारीले भने, ‘प्राविधिक शिक्षालय सर्वसाधारणको पहुँचमा छ। यसलाई अझै प्रभावकारी बनाउन सबैको सहयोग आवश्यक छ।’

प्राविधिक शिक्षा समग्र कर्णालीको मेरुदण्ड रहेको मन्त्री भण्डारीको भनाइ छ। उनले यसको स्तरवृद्धि गर्न हातेमालो गर्दै जानुपर्ने आवश्‍यकता पनि औँल्याए। उनले भने, ‘शिक्षालय एक उज्यालो दियो हो यसलाई निभ्न दिनु हुँदैन। प्रविधिक शिक्षालाई दक्ष जनशक्ति उत्पादनको प्रमुख थलोका रुपमा प्रदेश सरकाले हेर्ने पनि उनले बताए।

क्याम्पस स्थापना गर्न पहल कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले यस शिक्षालयलाई क्याम्पसको रुपमा स्थापना गर्न पहल गरिने बताए। उनले भने, ‘नेपालका ७ वटा प्राविधिक शिक्षालय मध्यमा जुम्लाको कर्णाली प्राविधिक शिक्षालय पनि नमुना पोलिक्निङक रुपमा परेको छन्।’ सर्वसाधारणका छोराछोरीले घरदैलोमै बसेर प्राविधिक शिक्षा अध्ययन गर्न पाउनु खुसीको कुरा भएको पनि उनले सुनाए।

०३६ सालमा ८ विद्यार्थीबाट अध्यायन सुरु गरेको यस प्राविधिक शिक्षालयले ४१ सयभन्दा बढी जनशक्ति उत्पादन गरेको छ। मन्त्री भण्डारीले यसको पूर्वाधार वृद्धि गरी यसलाई क्याम्पसका रूपमा स्थापना गरी स्टाफ नर्स र फर्मेसी सञ्चालन गर्ने बताए। उनले कर्णाली स्वास्थ्य विज्ञानसँग समन्वय गरी स्टाफ नर्स एचएका विद्यार्थीलाई अध्यापन गराउने वातावरणका लागि पहल गर्दै आएको बताए।

उनले दक्ष जनशक्ति बिना कर्णाली प्रदेशको समृद्धि नहुने भन्‍दै प्रदेशसरकार अब्बल जनशक्ति उत्पादनको लागि जुट्ने बताए। उनले शिक्षालयलाई क्याम्पसको रुपमा स्थापना गरी अर्को वर्षबाट जुम्ला जाजरकोट जोड्ने सडकको पहल गरी जाजरकोटका विद्यार्थीलाई सहज रुपमा प्राविधिक शिक्षाको पहुँचमा ल्याइने बताए।

तपाईको प्रतिक्रिया